आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै बाधा पर्न नदिन यो कदम चालिएको उल्लेख छ। 

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ  र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ । आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित