उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्छौ: मन्त्री थापा

भक्तपुर, २७ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई ट्रमा अस्पतालका रुपमा विकास गर्न लागिएको उल्लेख गर्दै बिरामीले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा सल्लाघारीको चौरमा सुरु भएको १०औँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ बिहीबार उद्घाटन गर्दै मन्त्री थापाले भक्तपुरलाई पर्यटनका साथै स्वास्थ्यको हब बनाइने बताए । यसअन्तर्गत मन्त्रालयले भक्तपुर अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा सुबिधा सम्पन्न बनाइएको उनको भनाइ थियो । भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हबका रुपमा विकास गर्दै आर्थिक रुपमा सबल बनाउन मेला र महोत्सवबाट टेवा पुग्ने बताएका छन् ।

महोत्सवका संयोजक दिपक थापा, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत लगायतले महोत्सवमा दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री, स्थानीय घरेलु उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि, कृषि औजार, मोबाइल, विभिन्न परिकारसहितको खाना महोत्सवका साथै साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।  थापासँगको छलफलपछि

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।