सिटिइभिटीका पूर्व योग प्रशिक्षकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम

काठमाडाैँ, ७ चैत । पातञ्जल योग समिति नेपाल अन्तर्गतको योग प्रशिक्षण प्रतिष्ठानले CTEVT बाट सम्बन्धन प्राप्त ३९० घण्टे आधारभूत योग प्रशिक्षक प्रशिक्षण तालिममा उत्तीर्ण पूर्व प्रशिक्षार्थीहरूसँग आज भर्चुअल माध्यमबाट छलफल तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा चौथो समूहसम्म अध्ययन गरी उत्तीर्ण भएका योग प्रशिक्षार्थीहरूले उक्त तालिमको महत्व, उपयोगिता तथा व्यावसायिक सम्भावनाका विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए । संस्थाले हालसम्म विभिन्न समयमा १५० भन्दा बढी दक्ष योग प्रशिक्षक उत्पादन गरिसकेको जानकारी पनि कार्यक्रममा साझा गरिएको थियो ।

एसएलसी उत्तीर्ण गरेपछि सहभागिता जनाउन सकिने यो तालिम २०८२ चैत १ गतेदेखि बिहानको समयमा भर्चुअल माध्यमबाट सञ्चालनमा रहेको छ। चैत १५ गतेसम्म भर्ना खुला राखी नियमित अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइरहेको छ। सहभागी प्रशिक्षार्थीहरूले आगामी दिनमा पनि यस तालिममा व्यापक सहभागिता अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष डा. प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पातन्जल याेग समिति नेपालका केन्द्रीय सल्लाहकार गंगा ढकाल, प्रज्ञा परिषद्का अध्यक्ष रामनाथ अधिकारी, महिला उपाध्यक्ष सिर्जना मल्ल ठकुरी, केन्द्रिय कोषाध्यक्ष सुवर्ण हमाल,केन्द्रीय उपाध्यक्षद्वय जिपी तिवारी तथा केशव ताम्राकार, केन्द्रीय सदस्य सुधा पोखरेल लगायत विभिन्न तहमा आबद्ध पदाधिकारी/सदस्यहरू, ३९० घण्टे योग प्रशिक्षक प्रशिक्षण तालिम उत्तीर्ण पूर्व प्रशिक्षार्थीहरू तथा हाल पाँचौं समूहमा अध्ययनरत प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सरकारी मान्यता प्राप्त यस तालिम पूरा गरेपछि विभिन्न क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सकिने भएकाले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ । सोही सन्दर्भमा संस्थाका महासचिव नवराज काफ्लेले ०८२ चैत १४ गतेभित्र भर्ना भई अवसरको लाभ लिन विशेष अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा