दुई हजारबढी किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ, १९ फागुन । बागलुका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् ।

अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।

यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपीभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् ।

त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित