सरकारी तवरमा प्रादेशिक याेग समिति गठन

काठमाडाैँ, १७ फागुन । योग प्रवद्र्धन र विस्तार हेतु वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेश स्तरीय योग समिति गठन गरेको छ ।

वागमती प्रदेशभित्र योगध्यान विषय विधाको नियमन र संस्थागत विकासको लागि नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र,किर्तिपुरको सभाहलमा योग ध्यान विधामा अभ्यस्त संघसंस्थाका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको रोहवरमा प्रादेशिक योग समिति गठन गरिएको हो ।

वागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा वसेको छफफल तथा अन्तरक्रिया कार्यक्रमबाट प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव अध्यक्ष र योगमा कार्यरत संघसंस्थाबाट ४ जना मनोनित गरि १३ सदस्यीय प्रादेशिक योग समिति र हरेक जिल्लामा जनस्वास्थ्य कार्यालय प्रमुख अध्यक्ष एवं ४ जना योगिक संघसंस्थाको प्रतिनिधि रहने गरि ९ सदस्य जिल्ला स्तरीय योग समिति गठन गरिने प्रावधान रहेको स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले अवगत गराउनु भयो । डा. गौतमले वागमती प्रदेशका १३ वटै जिल्लामा तत्काल जिल्ला स्तरीय योग समितिको गठन कार्यलाई पूर्णता दिदैं यस समितिलाई प्राप्त जिम्मेवारी अनुसार तदारुकताका साथ लागि पर्न छलफल कार्यक्रममा सहभागीहरु समक्ष विशेष आग्रह समेत गर्नुभयो ।

छलफलमा सहभागी अधिकांशले समितिलाई निर्देशित गरिएका कार्यक्रमलाई प्रदेश/जिल्ला स्तरीय योग समितिले नियमितता दिदैं सो सँगै योग परिषद निर्माण गर्ने विषय यस समितिको प्रमुख लक्ष्य हुनुपर्ने जिकिरका साथ यस तर्फ आवाश्यक गृहकार्यमा जुटन स्वास्थ्य मन्त्रालयलाई विशेष आग्रह समेत गर्नुभएको थियो । छलफल कार्यक्रमको अन्तमा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले सहभागीहरुको रायपरामर्शलाई उच्च प्राथमिकता दिदैं प्रदेश योग परिषद् निर्माणको विषयमा यस समितिले आवाश्यक गृहकार्य गरि अगाडि बढिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्