३५ जनाद्वारा रक्तदान

भक्तपुर, ९ फागुन । रक्ततत्वको अभाव हुन नदिन प्रज्ञा इङ्गलिस सेकेण्डरी स्कूलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

चाँगुुनारायण नगरपालिका वडा नंं.२, दुवाकोटमा ३७ वर्षदेखि शैक्षिक सेवा प्रवाह गर्दै आएको सो स्कूलले आफ्नो विद्यालयको ३७ औ वार्षिकोत्सवको अवसर पारेर सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाको प्राविधिक सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रमबाट ३५ पाउण्ड रगत संकलन गरिएको विद्यालय प्रधानध्यापक टंक सिटौलाले अवगत गराउनु भयो ।

रक्तदान कार्यक्रममा चाँगुनारायण नगरपालिका, वडा नं.२ का वडाअध्यक्ष सोम प्रसाद प्रधान,सामाजिक अभियन्ता एवं नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाका सल्लाहकार नबराज काफ्ले, सोहि उपशाखाका सभापति मन्दिरा कार्कीलगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित