३५ जनाद्वारा रक्तदान

भक्तपुर, ९ फागुन । रक्ततत्वको अभाव हुन नदिन प्रज्ञा इङ्गलिस सेकेण्डरी स्कूलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

चाँगुुनारायण नगरपालिका वडा नंं.२, दुवाकोटमा ३७ वर्षदेखि शैक्षिक सेवा प्रवाह गर्दै आएको सो स्कूलले आफ्नो विद्यालयको ३७ औ वार्षिकोत्सवको अवसर पारेर सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाको प्राविधिक सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रमबाट ३५ पाउण्ड रगत संकलन गरिएको विद्यालय प्रधानध्यापक टंक सिटौलाले अवगत गराउनु भयो ।

रक्तदान कार्यक्रममा चाँगुनारायण नगरपालिका, वडा नं.२ का वडाअध्यक्ष सोम प्रसाद प्रधान,सामाजिक अभियन्ता एवं नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाका सल्लाहकार नबराज काफ्ले, सोहि उपशाखाका सभापति मन्दिरा कार्कीलगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा