सन्दीप क्षेत्रीले संजय दत्तलाई दिए रुद्राक्षको माला उपहार

काठमाडौँ, २५ पौष । आफ्नो बाल्यकालको हिरो भएको बताउँदै कलाकार सन्दीप क्षेत्रीले बलिउड अभिनेता संजय दत्तलाई रुद्राक्षको माला उपहार दिएका छन् । उनले पशुपतिनाथको रुद्राक्ष माला दत्तलाई लगाइदिए ।

सन्दीपले संजयसँगको फोटो र भिडियो सेयर गर्दै लेखेका छन्, ‘ मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै । म योभन्दा बढी के माग्न सक्छु ? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ ।’

सन्दीपको यो फयानडम मोमेन्ट निकै मर्मस्पर्शी देखिन्छ । सन्दीपले संजयलाई रुद्राक्षको माला लगाइदिँदा संजयका सहयोगी सन्दीप नेपालको ठूलो सेलिब्रेटी भएको भन्दै परिचय गराइरहेको पृष्ठभूमिमा आवाज सुनिन्छ ।

बाराही होटलले संचालनमा ल्याउन लागेको क्यासिनो उद्घाटनका लागि बलिउड स्टार विहिबार बेलुका काठमाडौँमा आएका हुन् । उनी शुक्रबार दिउँसो फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९