‘कोब्रा गाईज’द्वारा बृहत रक्तदान

बुटवल, १४ पौष । कोब्रा गाइज बुटवलले आफ्नो सदस्यहरुको जन्मदिनको अवसरमा दोस्रो बृहत रक्तदान कार्यक्रम गरि मनाइएको छ ।

सरोज थापाको अध्यक्षतामा उक्त संस्थाले संस्थाका तीन सदस्यको जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको हो । सल्लाहकार आकाश बराल, सदस्य बिपिन टण्डन र सुजित थापाको जन्मदिनको अवसरमा कार्यक्रम सप्पन्न गरिएको हो ।

‘मानव सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ जन्मदिनलाई सामाजिक सेवामा समर्पण गरि रगतको अभावका कारण कुनै पनि नागरिकको अकालमा ज्यान गुमाउनु नपरोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । रक्तदान जीवनदान रहेको उल्लेख गर्दै जन्मदिनमा गरिने फजुल खर्चभन्दा सामाजिक कार्य मानव जीवनको सवैभन्दा पुण्यको कार्य भएकाले सो कार्यक्रम आयोजना गरिएको जन्मदिन मनाउने तीन सदस्यले उल्लेख गर्नुभयो ।

आज आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरीका जवान, समाजसेवी तथा आयोजकका सदस्यहरु गरि ५० जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत्

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।