हिलिहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ, १४ पौष । पाँचथरको हिलिहाङ गाँउपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ ।

यो गाँउपालिकालाई मापदण्डअनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै आइतबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

७ वटा वडा रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १७ हजार ८ सय ७१ जनसंख्या रहेको छ । जसमध्ये जन्मदेखि ११ महिनासम्मका १ सय ५९, १२ देखि १५ महिनाका ७१, १६ देखि २३ महिनाका २ सय ३० र २४ देखि २३ महिनाका ५ सय २३ गरी कुल ९ सय ८३ बालबालिका छन् ।

सबै बालबालिकालाई निश्चित उमेर समूहमा लगाउनु पर्ने सबै खोपको मात्रा पूरा गरेसॅगै यो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो । यत्तिका बालबालिकालाई खोपको मात्रा पूरा गर्न पालिकाभरिका ८ वटा स्वास्थ्य संस्था र २७ वटा खोप केन्द्रमार्फत ३ सय २४ वटा खोप सेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष समर अधिकारीले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेले गाउँपालिका अध्यक्ष अधिकारी, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित