कार्यालय प्रमुखहरुले योग ध्यान साधना गर्दै मनाए विश्व ध्यान दिवस

भक्तपुर, ७ पौष । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा जिल्ला भित्रका सम्पूर्ण कार्यालय प्रमुखहरुलाई योग ध्यान साधना गराईएको छ ।

विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसर पार्दै सोहि दिन जिल्ला प्रशासन कार्यालय परिसरमा सो कार्यक्रम गरिएको हो । राष्टिय योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव नबराज काफ्लेले सम्पूर्ण कर्मचारीहरुलाई ध्यान साधना गराउनु भएको थियो ।

कार्यक्रमका बिच जिल्ला स्तरीय विश्व ध्यान दिवस मूल समारोह समितिका समेत संयोजक रहेका जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरेक सरकारी कार्यालयहरुमा छोटो समय भए पनि योग साधना कार्यक्रमलाई नियमित जोड्न दिवस कार्यक्रममा उपस्थित सरकारी कार्यालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।  थापासँगको छलफलपछि

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।