कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता

काठमाडौँ, ५ पौष । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ ।

सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण गरेपछि समस्या नियन्त्रणमा आएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार आयोडिनयुक्त नुनको पहुँच झन्डै शत प्रतिशत पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त आपूर्ति व्यवस्थापनका कारण सफल भएको राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन (२०७३) ले देखाएको छ । अहिले दुर्गम हिमाली तथा पहाडी २२ वटा जिल्लामा आयोडिनयुक्त नुनको सहज पहुँच सुनिश्चित गरिएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म कार्यक्रमले शत प्रतिशत सफलता हासिल गरेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार

काठमाडौँ, २३ असोज । आज सेयर बजार नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको

काठमाडौँ, २३ असोज । सरकारले गत असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय

काठमाडौँ, २३ असोज । अपाङ्‍गता भएका व्यक्तिले पहुँचयुक्त मतदान गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको