घरदैलोमा स्वास्थ्य शिविर

काठमाडौँ, २ पौष । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ स्थित नामासुङ र न्यानोल गाउँमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।

हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरूलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना हुने भएको स्थानीय नागरिकहरूको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार

काठमाडौँ, २३ असोज । आज सेयर बजार नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको

काठमाडौँ, २३ असोज । सरकारले गत असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय

काठमाडौँ, २३ असोज । अपाङ्‍गता भएका व्यक्तिले पहुँचयुक्त मतदान गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको