वागमती प्रदेश स्वास्थ्य मन्त्रालय ‘किशोर किशोरी डिजिटल पार्क सञ्चालन’को तयारी

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाको रुपमा ‘किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’ गर्ने भएको छ ।

वामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’मा ल्याउन लागेको बताउनुभयो । किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्द गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अबधारणा ल्याएर यसैवर्षदेखि नै स्थानीय पालिकासंगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्टहरूको निर्माण गर्ने, जिजिटल बोर्ड मार्फत किशोरकिशोरी एवं युवायुवती जमघट हुने पार्कमा त्यसलाई राखेर जनचतनामूलक सन्देशहरु प्रवाह गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागेका हौ, आगामीवर्षदेखि यसलाई प्रदेशका अन्य बिभिन्न पालिकाहरुमा सञ्चालनमा ल्याउने योजनामा छौं ।”

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरि देशभरमै पहिलो कार्यक्रमका रुपमा मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “किशार किशोरीमा हुनसक्ने दुव्र्यसनीसंगै परिवार नियोजनको अस्थायी साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोक्ने उपाय, यौन शिक्षा, किशारी शिक्षा, शारीरिक अंग र मानसिक परिवर्तनका अबस्थामा ध्यान दिनु पर्ने कुराहरु महिनावरी सुरक्षा, साथी शिक्षा, एचआईभी लगायत यौन रोगबाट बच्ने उपाय, लैङ्कि हिंसा, व्यक्तिगत सुरक्षा एवं व्यवसायीक अधिकारका सवालमा समेत सन्देश प्रवाह गर्ने गरि कार्यक्रम ल्याएको हो । एकवर्षमा एक लाख किशोर किशोरी यस कार्याक्रमबाट लाभान्वित हुने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं ।”

वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको र कार्यक्रम लागू हुने सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यक्रम लागू हुने निर्देशनालयका निर्दक डा. नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरि सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताउनुभयो ।

प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्युआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने बताउनुभयो । निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौंको कनै एक पालिकामा सञ्चालन गर्ने गरि पालिका छनौट कार्य भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत्

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक