राष्ट्रसेवक कर्मचारीलाई तनावमुक्त बनाउन योग तथा ध्वनी चिकित्साको प्रयोग


भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग सहित १ दिने योगध्यान प्रशिक्षण शिविर सम्पन्न गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलको प्राविधिक सहयोगमा सो प्रशिक्षण शिविर सम्पन्न गरिएको जुद्ध वारुण यन्त्र कार्यालयका कार्यालय प्रमुख विजय धौभडेलले अवगत गराए ।
सो कार्यक्रम सत्रमा तनाव व्यवस्थापनको सैद्धान्तिक कक्षा गुरु डाक्टर चिन्तामणीनाथ योगी र ध्वनी चिकित्साको प्रयोगात्मक कक्षा लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलका अध्यक्ष नारायण प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, कोषाध्यक्ष सुमन खरेल, सहसचिव सन्तोष बुढाथोकीद्धारा गराईएको लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलका सचिव नबराज काफ्ले जानकारी गराए ।

जुद्ध वारुण यन्त्र कार्यालय,भक्तपुरमा भएको सो कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु,पातञ्जल योग समिति नेपालका उपाध्यक्ष योग प्रसाद आचार्य, केन्द्रीय सदस्य हेमा प्रजापति, जुद्ध वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक कर्मचारीहरु एवं लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयल परिवार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन