एम्बुलेन्समा भेटियो ३३ किलो गाँजा

काठमाडौँ, २० कार्तिक । एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १० बजे जिल्लाको जहदा गाउँपालिका–०३ हातिबन्दास्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र दुई वटा कालो रङ्गको झोलामा लुकाएर राखिएको ३३.६१० किलोग्राम अवैध गाँजा फेला परेको थियो ।

प्रहरीले गाँजासहित एम्बुलेन्स चालक विराटनगर–०५, कोचाखल निवासी ३२ वर्षीय  दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गरिरहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा–०३, हातिबन्दाका ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित