एम्बुलेन्समा भेटियो ३३ किलो गाँजा

काठमाडौँ, २० कार्तिक । एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १० बजे जिल्लाको जहदा गाउँपालिका–०३ हातिबन्दास्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र दुई वटा कालो रङ्गको झोलामा लुकाएर राखिएको ३३.६१० किलोग्राम अवैध गाँजा फेला परेको थियो ।

प्रहरीले गाँजासहित एम्बुलेन्स चालक विराटनगर–०५, कोचाखल निवासी ३२ वर्षीय  दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गरिरहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा–०३, हातिबन्दाका ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्