अकबरे खुर्सानीमा देखियो अत्यधिक विषादी

काठमाडौँ, २७ असोज । तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

आज मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा