डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ७४ पुग्यो

काठमाडौँ, २६ असोज । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ७४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार पाँच सय दुई जना छन् । बागमतीमा एक हजार तीन सय ८० जना, लुम्बिनीमा नौ सय ९१ जना, कोशीमा आठ सय तीन जना, सुदूरपश्चिममा छ सय ८४ जना, मधेशमा एक सय २४ जना र कर्णालीमा तीन सय ९० जना सङ्क्रमित रहेका छन् ।

जनवरी १ तारिखपछि डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन