डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ७४ पुग्यो

काठमाडौँ, २६ असोज । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ७४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार पाँच सय दुई जना छन् । बागमतीमा एक हजार तीन सय ८० जना, लुम्बिनीमा नौ सय ९१ जना, कोशीमा आठ सय तीन जना, सुदूरपश्चिममा छ सय ८४ जना, मधेशमा एक सय २४ जना र कर्णालीमा तीन सय ९० जना सङ्क्रमित रहेका छन् ।

जनवरी १ तारिखपछि डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित