कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेश प्रदेशमा

काठमाडौँ, २५ बैशाख । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आजदेखि काठमाडौँमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको बताए । उनका अनुसार मधेश प्रदेशमा कुल कुष्ठरोगीको एक तिहाइभन्दा बढी रहेका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । जहाँ कुल कुष्ठरोगीको एक चौथाइभन्दा बढी कुष्ठरोगीहरू रहेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेकाे छ ।

त्यस्तै १४ वर्षमुनिका नयाँ बिरामीको सङ्ख्या एक सय ३६ रहेको सचिव डा. देवकोटाको भनाइ छ । उहाँले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्