स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गर्नुभएको छ ।

सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भुु आचार्य, सदस्यहरु डा भगवान कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो । हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुुक्तानी गर्न बाँकी रहेको छ । यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आवद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुुःल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुुझाव दिएको छ । कार्यदलले आधारभूूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरुक कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकराण् गर्न सुुझाएको छ ।

सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका