प्रहरीको यात्रु सहायता कक्ष सञ्चालनमा

काठमाडौँ, १६ असोज । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालन गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो । 

कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा  बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष  स्थापना गरी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, २५ असार । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई पक्राउ गरिएको छ । आलियाको

काठमाडौँ, २५ असार । चलचित्र ‘मैझारो’मा मिरुना मगर अनुबन्धित  भएकी छन् । धिरज मगरपछि ‘मैझारो’मा मिरुना जोडिएकी हुन् । यो चलचित्रमा

काठमाडौँ, २३ असार । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौँसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ

काठमाडौँ, २३ असार । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको