प्रहरीको यात्रु सहायता कक्ष सञ्चालनमा

काठमाडौँ, १६ असोज । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालन गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो । 

कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा  बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष  स्थापना गरी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक