चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प

एजेन्सी, १२ जेठ । चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । तर तत्काल मानवीय क्षति वा भौतिक क्षतिको कुनै रिपोर्ट प्राप्त भएको छैन ।

अमेरिकी निकायका अनुसार भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा, कालामा सहरबाट करिब ३१ किलोमिटर दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको थियो।

चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्पबाट सुनामीको जोखिम नरहेको र हालसम्म घाइते वा गम्भीर क्षतिको कुनै विवरण नआएको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । दक्षिण अमेरिकी मुलुक चिली विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित हुने देशमध्ये एक हो । चिलीका नागरिकहरू ७.० म्याग्निच्युडभन्दा कम शक्तिका भूकम्पलाई सामान्य रूपमा ठूलो चिन्ताको विषय मान्दैनन् ।

चिलीको भूभागभित्र नाज्का, दक्षिण अमेरिकी र अन्टार्कटिक गरी तीन वटा टेक्टोनिक प्लेट एकआपसमा जुध्ने क्षेत्र रहेको छ, जसका कारण भूकम्प गइरहन्छ ।

सन् १९६० मा चिलीको दक्षिणी सहर भाल्डिभिया ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट तहसनहस भएको थियो । यसलाई अहिलेसम्म रेकर्ड गरिएको विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । उक्त घटनामा ९ हजार ५०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिको नेतृत्वमा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीको

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी