युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

एजेन्सी, १२ जेठ । रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । 

रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्‍याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो । रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो । 

रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको ज्यान जानुकासाथै धेरै जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो । 

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा  आक्रमण शुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्