‘भरोषा जब भाग्य रेखा अनि तक्दिरमा हुन्छ’

शुसिल ज्ञवाली

यहाँ सुदामा मात्र किन, कुबेर नि पिरमा हुन्छ,
भरोषा जब भाग्य रेखा अनि तक्दिरमा हुन्छ ।

यात्री आउँछन्, खोला तर्छन्, सहजै गन्तब्यमा पुग्छन्,
पर्खाइमा एक्लो माझी खोला तिरमा हुन्छ ।

मान्छे हर कोही समस्यामा हुन्छ, असाध्यै दुःखमा हुन्छ,
मन शान्ति खोज्दै, शरण् पर्दै उ पनि मन्दिरमा हुन्छ ।

देख्छु दुनिँया हार्दैछ, मलाई हार खुवाउने प्रयासमा,
किन बुझ्दैनन् आमाको हात सधैं मेरो शिरमा हुन्छ ।

राम राम भन्ने हो, काँध थाप्न कहाँ सकिन्छ र हजुर,
जब गाई मैदानको हरियो घाँस छोडि भिरमा हुन्छ ।

वर्दिया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको इतर समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले राजनीतिमा सत्यमा रहेर

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको १५औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिएका छन् । १५औं

धनुषा, २४ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर