भानुभक्त आचार्यले विश्वभरका नेपालीलाई एकताबद्ध बनाउनुभयो : मन्त्री खनाल

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’ मा उनले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गरेको उल्लेख गरेका हुन् । उनले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’ का रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गरे। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उनको भनाइ थियो।

उनले भने, ‘जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो । घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, ३० असार । २०८३ साल असार ३० गते मंगलबारको राशिफल ।   मेष : दिन सामान्य छ । बोल्दा

काठमाडौँ, २९ असार । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको

काठमाडौँ, २९ असार । भक्तपुर जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण