जलन उपचार केन्द्र सात वटै प्रदेशमा विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २९ असार । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए ।

गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रधानमन्त्री बालेनले ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, ३० असार । २०८३ साल असार ३० गते मंगलबारको राशिफल ।   मेष : दिन सामान्य छ । बोल्दा

काठमाडौँ, २९ असार । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको

काठमाडौँ, २९ असार । भक्तपुर जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण