नेपालकै पहिलो एटिन डी सिनेमा इटहरीमा, मनोरञ्जनको दुनियाँमा नौलो आयाम

काठमाडौँ, २९ असार । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकोबिच उद्घाटन गर्नुभएको छ ।

सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनालेसम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् । टिकट शुल्क रु.३५० रहेको संचालक उमेश घोरासाइनेले बताउनुभयो ।

“यसमा जंगल यात्राको अनुभव, रोबटको दुनियाँ, माछाको संसार, डरलाग्दो अनुभव, डाइनोसरको दुनियाँलगायतको विभिन्न १७ प्रकारका खेलहरुको मज्जा लिन सकिन्छ,” संचालक घोरासाइने भन्नुभयो । हरेक दिन बिहान ८ बजेदेखि राती ९ बजेसम्म संचालन हुने यस सिनेमा पाँच वर्षभन्दा माथीका बालबालिकाले हेर्न सक्नेछन् । कम्पनिले आगामी दिनमा पूर्वकै विर्तामोड, इलाममा समेत उक्त सिनेमा संचालनगर्ने तयारी गरिरहेको समेत घोरासाइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा

काठमाडौँ, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।  आज सिंहदरबारमा

काठमाडौँ, २० असोज । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ

काठमाडौँ, २० असोज । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक