जापानीज इन्सेफ्लाइटिसबाट १ जनाको मृत्यु

काठमाडौँ, २९ असार । वर्षायाम सुरु भएसँगै नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोप सुरु भएको छ ।

यसबाट पछिल्लो २० दिनमा १ जनाको मृत्यु र ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । आगामी दिनमा संक्रमणले प्रकोपकै रुप लिनसक्ने भन्दै सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार मनसुनका समयमा जापानीज इन्सेफ्लाइटिससहित किटजन्य रोगहरूको संक्रमण बढ्छ जुन हाम्रो लागि अझ चुनौतीपूर्ण हुनेछन् ।

मनसुन सुरु भएपछि हालसम्म सुनसरी, इलाम, सुर्खेत र चितवन गरी ४ जिल्लामा जापानीज इन्सेफ्लाइटिस भाइरसको संक्रमण पुष्टि भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।