जापानीज इन्सेफ्लाइटिसबाट १ जनाको मृत्यु

काठमाडौँ, २९ असार । वर्षायाम सुरु भएसँगै नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोप सुरु भएको छ ।

यसबाट पछिल्लो २० दिनमा १ जनाको मृत्यु र ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । आगामी दिनमा संक्रमणले प्रकोपकै रुप लिनसक्ने भन्दै सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार मनसुनका समयमा जापानीज इन्सेफ्लाइटिससहित किटजन्य रोगहरूको संक्रमण बढ्छ जुन हाम्रो लागि अझ चुनौतीपूर्ण हुनेछन् ।

मनसुन सुरु भएपछि हालसम्म सुनसरी, इलाम, सुर्खेत र चितवन गरी ४ जिल्लामा जापानीज इन्सेफ्लाइटिस भाइरसको संक्रमण पुष्टि भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल