सभामुखले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक : नेता आङ्देम्बे

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। 

आज सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न चेतावनी समेत दिएका हुन् । 

सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए। नेता आङ्देम्बेले संसदमा कुनै पनि विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले मात्र विचार राख्नुपर्ने सभामुखको मनसाय हुने गरेको प्रति असन्तुष्टि जनाए। 

उनले सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरे। सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, ३० असार । २०८३ साल असार ३० गते मंगलबारको राशिफल ।   मेष : दिन सामान्य छ । बोल्दा

काठमाडौँ, २९ असार । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको

काठमाडौँ, २९ असार । भक्तपुर जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण