सामाजिक सञ्जालमा आउने अमर्यादित विषय लोकतन्त्रको दुरुपयोग : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रताभित्र नपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए । उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने बताए । अनुमानका आधारमा कसैलेको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे ।

उनले भने, ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो । त्यो लोकतन्त्रको दुरुपयोग हो । यसले समाजलाई योगदान के गर्छ ? केही योगदान गर्दैन । राम्रा कुराहरु गरौँ । सरकारले प्रतिबन्द्ध लगाउने के गर्ने भन्दा पनि आफै नियम कानुनको पालना गर्ने हुनुपर्छ । आफै कानुन मान्ने, आफै आचारणमा बस्ने, सामाजिक मर्यादा परिपालना गर्ने परिपाटी बसाउनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै