तनहुँ बस दुर्घटनामा मृतक सबैको शव परीक्षण चितवनमा हुने

काठमाडौँ, ८ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एकजनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।  

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ ।

काठमाडौँ, २ असार । आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । शनिबार

काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै

काठमाडौँ, १ असार । फिल्म ‘किन लाग्छ माया’ निर्माण हुने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा