नेप्से ४०.७६ अंकले बढ्यो

काठमाडौँ, २१ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ ।

१.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । 

सोमबार तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक सोमबार सबैभन्दा बढी ६ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक भने रातो देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण