बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

नेकपा एमालेको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने उल्लेख गर्नुभयो । सोही अनुसार आजको एमाले सचिवालय वैठक पार्टी केन्द्रीय कार्यालयमा वर्षाका कारण समस्या भएपछि होटल बसेरामा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी