आजको राशिफल

काठमाडौँ, ६ साउन । आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल ।  

मेष : वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। न्यायिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सफल बन्ने दिन छ। राजनीतिमा झगडा हुने भएको काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। विद्या र बुद्धिको माध्यमबाट कार्यकुशलता प्रदर्शन गर्ने दिन छ।

वृष : दैनिकी सामान्य छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। उद्योगमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। समय खराब भएकाले राजनीतिमा अगाडि नबढ्नु राम्रो होला। परिवारसँग छलफल गरेर अगाडि बढे दिन सहज हुनेछ। पुराना कामको राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। फलफूल र कृषि क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पशुपालनबाट राम्रो आम्दानी मिल्नेछ। परिवारको सहयोग लिएर अगाडि बढ्दा व्यापार बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : लगानीको क्षेत्रबाट नाफा कमाउने समय छ। शिक्षाको लगानीबाट सफलता मिल्नेछ। लामो समयदेखि देखिएको स्वास्थ्य समस्यामा सुधार हुनेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर प्राप्त होला। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

सिंह : लामो समयपछि टाढा पुगेका साथीसँग भेट हुनेछ। साथीसँगको भेटले मन शान्त हुने योग छ। कुनै योजना बनाउनु भएको भए कार्यान्वयन नहुँदै योजना सार्वजनिक नगर्नु राम्रो होला। कार्यक्षेत्रमा विद्या र बुद्धि प्रदर्शन गर्ने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कन्या : दिन चुनौतीपूर्ण छ। समस्यासँग भागेर होइन त्यसलाई चिर्दै सफलता प्राप्त गर्न सकिने छ। धनी र घमण्डी साथीसँग सचेत बन्नु राम्रो होला। विवेक प्रयोग गरेर गरेको काम सफल बन्नेछ। यस्ता सफलताले मन शान्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन रमाइलो छ। शरीरमा फुर्ती आउने छ। मन शान्त हुनाले काम सफल बन्नेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। थालेको काम सफल बन्ने योग छ। परिवारसँग सल्लाह गरेर गरिने कामबाट मात्र सफलता हात लाग्ने दिन छ। सामाजिक क्षेत्रमा भने सम्मान बढ्नेछ।

वृश्चिक : साथीले दुःखी बनाउने जोखिम देखिन्छ। बुझेर पनि नबुझेजस्तो गर्ने साथीसँग टाढै बस्नु राम्रो होला। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षा र प्राविधिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यको ख्याल नगर्दा परिवारमा विवाद हुने देखिन्छ।

धनु : सानो लगानीबाट राम्रो आम्दानी हुने दिन छ। तपाईंको कामको प्रशंसा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रको व्यापार फस्टाउने योग छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

मकर : अचानक सञ्चित धन खर्च हुनेछ। सोचेको भन्दा फरक परिणाम प्राप्त होला। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट राम्रो फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सहज भए पनि आफ्नै साथी जासुसको रुपमा प्रयोग हुने खतरा छ। सोचेर बोल्नु राम्रो हुनेछ। सुन्दर पहिरनले तपाईंको व्यक्तित्वको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ।

मीन : धन आर्जनको स्रोत पत्ता लाग्नेछ। साथीबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। रुप र पदको घमण्ड गर्दा अरुले कुरा काट्नसक्छन्। परिवारसँगको सल्लाह वा छलफलमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्राविधिक क्षेत्रको लगानीले मनमा खुशी मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको