सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ, ५ साउन । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो ।

‘राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ। प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ,’ उनले भने, ‘सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ

काठमाडौँ, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना

काठमाडौँ, २८ बैशाख । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी