नि:शुल्क पिउने पानी वितरण

भक्तपुर, ११ जेठ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्र भित्र “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्यको सुरुवात गरिएको छ । समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायतका स्थानहरूमा पिउने पानी स्टेशन स्थापना गरिएको हो ।

बढ्दो गर्मीयाममा बाटोमा हिँड्ने बटुवा, जेष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण नागरिकलाई सहज र सरल रूपमा स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

समाज परिवर्तनका लागि ठूला कार्यक्रम मात्रै आवश्यक हुँदैनन्, साना-साना सकारात्मक प्रयासहरूले पनि ठूलो सन्देश दिन सक्छन् भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनासहित सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण स्थापित गरेको छ ।

यस प्रकारका सकारात्मक र जनमुखी कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आगामी दिनहरूमा समेत यस्ता अभियानलाई थप विस्तार गर्दै लैजाने अभियानकर्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा

काठमाडौँ, १ भदौ । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ भदौ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास