यूएईविरुद्ध सम्झनाले बनाइन् अर्धशतक

काठमाडौँ, ४ साउन । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालकी ओपनर सम्झना खड्काले ५० रन पूरा गरेकी छन् ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट सम्झनाले ३५ बलमा अर्धशतक प्रहार गरेकी हुन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा सम्झनाको यो पहिलो अर्धशतक हो ।

जारी खेलको १३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८७ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः