मौद्रिक नीति आज सार्वजनिक नहुने 

काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/०८२ सार्वजनिक नहुने भएको छ ।

मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अध्ययन गरेपछि मात्र सार्वजनिक हुनेछ ।

उनलाई अध्ययन गर्न समय लाग्ने भएकाले आज नै सार्वजनिक नहुने ती सदस्यले बताए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनका कारण आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आगामी आइतबार पुनः बोर्ड बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार