त्रिशूलीमा बस खस्दा बेपत्ता भएका २३ जनाको शव फेला

काठमाडौँ, ४ साउन । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव फेला परेको छ । चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको हो ।

९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको छ ।

फेला परेका शव:

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३.रमित कुमार माझी, सर्लाही

४. जय प्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोक कुमार यादव, रौतहट

१०.ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. चन्द्र प्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

९ जनाको सनाखत हुन बाँकी रहेको । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले