विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइनेछ : मन्त्री पोखरेल

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् ।

आज मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै उनले त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्ने बताएका हुन् ।

विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘म सरकार तथा मेरो मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,’ ।

मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवमा रूपमा रहेको बताउँदै उनले शैक्षिक स्तर उन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पुर्‍याएको बताए ।

नेपालको सन्दर्भमा हामी विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उनले बताए । उनले भने, ‘तपाईंहरूले प्राप्त गर्नुभएको गुणस्तरीय शिक्षाले देशले सामना गरिरहेको अभाव, गरिबी, बेरोजगारी, स्वास्थ्यजन्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधता जस्ता विषयमा ठोस समाधान दिन सक्षम बनाउनेछ,’ ‘तपाईंहरूको पुस्ताले उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तनको बलमा देशको अर्थतन्त्रलाई बलियो बनाउन ठुलो योगदान दिने क्षमता राख्दछ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत तथा

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित