नेप्से परिसूचक ०.०८ अंकले बढ्यो

काठमाडौँ, ३ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो सुधार देखिएको छ ।

आज दिनभर उतारचढावका बीच कारोबार भएको बजार बन्द हुँदा नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को बिन्दुमा पुगेको छ ।

बजारमा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोड रहेको कारोबार आज ३ अर्ब ४६ करोडमा सीमित भएको हो । आज ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ४ किनबेच भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ । बाँकी १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । आजको कारोबारमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपाव सर्वाधिक कमाउने सूचीका छन् । दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा