१६ जना जुवाडे पक्राउ

काठमाडौँ, २ साउन । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको  शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ पक्राउ गरेको हो । 

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ३ असार । आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको दिउँसो १ः०० बजे बस्ने बैठकमा सङ्घीय

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैङ्कले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange