१६ जना जुवाडे पक्राउ

काठमाडौँ, २ साउन । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको  शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ पक्राउ गरेको हो । 

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू