माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल, नायब महाप्रबन्धकमा जम्कट्टेल

काठमाडौँ, २८ असार । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रसिद्धराज अर्याल बढुवा भएका छन् ।

बैंकको यसै असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन १ गतेदेखि पदभार सम्हाल्ने गरी उनलाई बढुवा गरेको हो । यस्तै, सञ्चालक समितिले सुभाष जम्कट्टेललाई नायब महाप्रबन्धक पदमा बढुवा गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नाकोत्तर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव तथा ज्ञान रहेको बैंकले जनाएको छ । अर्यालले यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए ।

यस्तै, सन् २०१० देखि बैंकिङ करियर सुरु गरेका जम्कट्टेल २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध थिए । जम्कट्टेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्ट रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले