माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल, नायब महाप्रबन्धकमा जम्कट्टेल

काठमाडौँ, २८ असार । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रसिद्धराज अर्याल बढुवा भएका छन् ।

बैंकको यसै असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन १ गतेदेखि पदभार सम्हाल्ने गरी उनलाई बढुवा गरेको हो । यस्तै, सञ्चालक समितिले सुभाष जम्कट्टेललाई नायब महाप्रबन्धक पदमा बढुवा गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नाकोत्तर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव तथा ज्ञान रहेको बैंकले जनाएको छ । अर्यालले यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए ।

यस्तै, सन् २०१० देखि बैंकिङ करियर सुरु गरेका जम्कट्टेल २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध थिए । जम्कट्टेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्ट रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । सरकारले ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने