काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् ।
प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् ।
उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको तार चोरी गरेको आरोप छ ।






