नेपालमा धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन : मन्त्री पुन

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन् । 

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपालमा हाल विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चलिरहेको तर राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय पठनपाठनको भने अभाव खट्किएको मन्त्री पुनले औँल्याए । विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने भन्दै यस्तो कदमले संस्थाको मूल मर्म समाप्त हुने चिन्ता उनले व्यक्त गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका निकायहरू समेत अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु त्रुटिपूर्ण रहेको मन्त्री पुनले बताए। पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले प्रयोगशालाहरूलाई अनुसन्धानमै सीमित राख्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन,’ ‘विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन ।’

विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने कुरामा मन्त्री पुनले जोड दिए। प्रयोगशालाले पठनपाठनको बाटो खोल्न सक्ने भए पनि स्वयंले विश्वविद्यालयकै स्वरूपमा पठनपाठन सञ्चालन गर्न नहुने धारणा उनले राखे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग