भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौँ, ८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।

दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युराे भोटाहिटीको नाममा परमादेश जारी गरेको हो  ।

यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो । साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो