फरक कम्पनीका दुई औषधि बिक्रीमा रोक 

काठमाडौँ, २३ जेठ । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ ।

नवलपरासीको टाइम्स् फार्मास्युटिकल्सबाट उत्पादित ‘वर्मस्टट्’ नामक अबलेन्डाजोलको ब्याच नम्बर डब्लूएस ०७१ र लोमस फार्मास्युटिकलसको ‘कोलिबान’ नामक डाइसाइक्लोमाइनको ब्याच नम्बर सीबीएस ०२२३ ट्याब्लेटमा समस्या देखिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरीय पाइएकाले उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । उक्त बनावट भएकोे औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ । वर्मस्टटु जुका र कोलिबान ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने औषधि हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।