कोन्ज्योसोम एग्रोटुरिजमको रूपमा विकास हुँदै

ललितपुर, २८ वैशाख । कोन्ज्योसोम गाउँपालिका एग्रोटुरिजमको रूपमा विकास हुँदै गएको छ । कोन्ज्योसोम गाउँपालिकाले ‘कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गरिरहेको छ । गाउँपालिकामा कृषि उपत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्णत अग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसोबास गर्ने अधिकांश स्थानीयको प्रमुख पेसा कृषि रहेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले “कृषि, पर्यटन, सांस्कृतिक, वातावरण र पुर्वाधार, सुशासन, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार !” भन्ने मूल नाराका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई एग्रोटुरिजमको रूपमा विकास गराउँदै आएको छ ।

कृषि क्षेत्रमा कोन्ज्योसोमबाट दैनिक ३० हजार लिटर दुध काठमाडौंमा जान्छ । आगामी दिनमा यो संख्या बृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । विभिन्न ठाउँमा कृषि र पशु फार्महरु र गाई फार्महरु सञ्चालन भएका छन् । गाउँपालिकामा किसानहरु आत्मनिर्भर बन्न सफल भएका छन् । किसानहरुले कृषि र पशुपालन सामुहिक प्रणालीमा काम गरेका छन् । यसमा गाउँपालिका र प्रदेश सरकारले अनुदान दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. २ मा यस ठाउँबाट खुवा, दहि, दुध र पनिर अन्य वडाबाट भन्दा धेरै उत्पादन भइ उक्त सामाग्री काठमाडौं पठाउने गरिएकोछ । अहिले गाउँपालिकाले“कोन्ज्योसोम जाऊँ,अग्र्यानिक वस्तु खाऊँ” भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेका अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक