काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन् । उनीहरुले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए । घाइते दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उनीहरुले सामान बोक्न प्रयोग गरेको से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।







