मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको छ : अध्यक्ष घिसिङ

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

जनमत पार्टीको आजदेखि सुरु भएको महाधिवेशनमा शुभकामना दिँदै उनले मधेसमा अधिकारका लागि थुप्रै सङ्घर्ष भएको र केही प्राप्त पनि भएको तर त्यो कार्यान्वयन भयो कि भएन भनेर समीक्षा हुन आवश्यक रहेको बताए । विगतको चुनावका बारेमा पनि समीक्षा हुनु आवश्यक रहेको बताउँदै उनले अब के गर्न सकिन्छ भन्नेतर्फ पनि गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिए ।

उनले भने, ‘मधेसबाट राष्ट्रपति भए, अहिले प्रधानमन्त्री छन् तर मधेसी जनतामा आधारभूत परिवर्तन भयो कि भएन त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने बेला आएको छ ।’ 

उनले मधेसको छोरा प्रधानमन्त्री भएकै बेला मधेसको हितमा काम नहुँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए । उनले भने, ‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला मधेसमा आधा  पनि विद्युत् पुगेको थिएन, पछि त्यसको विस्तारमा लागे र घरघरमा बत्ती बल्यो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान