रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।

दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुने बताइएकाे छ । 

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा “हामी आउँदै छौँ” अभियान सम्बन्धमा र मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्ने बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण